रौतहट । करिब ३ महिनादेखि प्रादेशिक अस्पताल, गौर प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । असोज महिनादेखि नै अस्पताल प्रमुखविहीन बनेको हो ।
प्रादेशिक अस्पतालमा प्रमुख नहुँदा समयमा चिकित्सक नआउने, जाँचको लागि बाहिर पठाउने, रेफर गर्ने जस्ता सेवाग्राहीहरूले अनेकौं दुःख पाउँदै आएका छन् ।
अस्पतालमा जाँच गर्ने सुविधा हुँदा हुँदै पनि अस्पताल बाहिर कमिशनको लोभमा पठाउने गरेको सेवाग्राहीहरू बताउँछन् । अस्पतालमा उपचार राम्ररी नगर्ने, निजी क्लिनिकमा जाँच गराउनु पर्ने जस्ता अनेकौं कठिनाइ भोगिरहेको सेवाग्राहीहरू बताउँछन् ।




