प्युठान । प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका ३ का वडा सदस्य दामोदर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्युठानको ऐरावती गाउँपालिका २ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको जीप बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान ११ बजेर २० मिनेटमा लु ३ च ६८७४ नम्बरको जीपको अगाडिको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।




