सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका ६ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको ५ लाख रुपैयाँ नचिनेका व्यक्तिले लुटेका छन् ।
एनआईसी एसिया बैंकबाट पैसा निकालेर सहकारी संस्थातर्फ लैजाँदै गरेकाहरूलाई नचिनेका व्यक्तिले गोली हानेर रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।
सहकारी संस्थाका प्रबन्धक रामनाथ राय र निरा राय पैसा लिएर चढेको मोटरसाइकललाई नियन्त्रणमा लिएर रकम लुटपाट भएको हो । लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




