कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका १६ मझगाँउका २३ वर्षीय दीपेन्द्र भण्डारीको मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका १५ गोबरिया स्थित महेन्द्रनगर-मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहिबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउँदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेका थिए ।






