सिराहा । सिराहा प्रहरीको नियन्त्रणबाट शुक्रबार एक थुनुवा फरार भएका छन् । जिल्लाको लहान २१ का ३६ वर्षिय छोटु सदाय प्रहरी नियन्त्रणबाट भागेका हुन् । उनलाई प्रहरीले बाल यौन दुर्व्यवहारको मुद्दामा प्रहरीको नियन्त्रण लिएको थियो ।
म्याद थप्नका लागि शुक्रबार सिराहास्थित सरकारी वकिल कार्यालय लगिएको समयमा सरकारी वकिल कार्यालय अगाडिबाट छोटु भागेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । फरार छोटु बिहिबारदेखि प्रहरी नियन्त्रणमा थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




