काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ । आज गोरखा पत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो । शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार ४ सय भन्दा धेरै माध्यमिक शिक्षक मागिएको छ ।
माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिनाको तालिम लिएको हुनुपर्नेछ । अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानमा फारम भर्न चाहनेले भने शिक्षा विषयको तालिम नलिए पनि दरखास्त दिन सक्नेछन् ।




