काठमाडौं । नेपालका लाखौँ उर्जाशील युवालाई एउटा अदृश्य सकंटले घेर्दै छ, त्यो हो बेरोजगार । जीवनमा के के गरौँला भन्ने आकांक्षा, उर्लँदो सिर्जनशीलता र दृढ सकंल्पले ओतप्रोत नेपाली युवाहरू रोजगारीको खोजीमा अनेक कठिनाइको सामना गरिराखेका छन् ।
नेपाल छाडेर जान लागेका युवायुवतीहरु देशभित्रै रोजगारी उपलब्ध नभएकाले वाध्य भएर चर्को गर्मीमा काम गर्न विदेश जानु परिरहेको बताउँछन् ।
यसैबीच एक युवाले ‘मेरो किड्नी विक्रीमा छ, कसरी बेच्न सकिन्छ ?’ भन्दै गुनासो गरेका छन् । उनी भन्छन्- ‘म धेरै समयदेखि बेरोजगार भए म आफ्नो किड्नी बेचेर विदेश जान चाहन्छु’ । उनले तराई अनलाइनसँग आफ्नो पीडा पोखेका हुन् ।
देशमा रोजगारीको अवसर नपाएकाले बाध्यतावस परिवारको गुजारा चलाउन श्रम गर्न विदेश जान खोजेपनि मेनपावरहरुलाई शुल्क वापत महगो शुल्क बुझाउनु पर्ने भएपछि किड्नी विक्रीमा राखेको ती युवाले बताए ।
न देशमा रोजगारी पाएको र विदेश पनि जान नसकेकोले परिवारको गुजारा अब कसरी चलाउने भन्ने चिन्ताले सताएपछि किड्नी बेच्ने निर्णयमा आफू पुगेको ती युवाले आफ्नो दुखेसो पोखेका छन् ।




