पश्चिम नवलपरासी । पाल्हिन्दन गाउँपालिकाको परासी-महेशपुर सडक खण्डको परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ परसिया निवासी बृजेश तेली गुप्ताले आफै चलाई रहेको यूपी ५६ ए ३८२३ स्कुटी अनियन्त्रित भई पल्टिदा उनको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगंजका प्रमुख प्रहरी सहायक निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।
दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको क्रममा स्कुटी अनियन्त्रित भई गुप्ताको मृत्यु भएको हुन सक्ने बुझिएको हो । पारिवारिक स्रोतका अनुसार उनी बल्ड प्रसेरका बिरामी समेत रहेको बताइएको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।




