वीरगंज । पोखरिया अस्पतालमा म्याद गुज्रेका औषधि वितरण भइरहेको भेटिएको छ । स्वास्थ्य बीमा गरेका शहीद अख्तर मियाँ तेलीलाई मधुमेहको म्याद गुज्रेका औषधि अस्पतालले दिएको हो ।
स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई अस्पतालबाट उनीहरूको बीमा पोलिसी अनुसार वर्षमा रु एक लाखसम्मको औषधोपचार खर्च उपलब्ध हुन्छ । बीमितले औषधि, शय्या, परीक्षण लगायतमा सो बीमा पोलिसी अनुसार खर्च गर्न सक्छन् ।
तेलीले आफ्नो स्वास्थ्य परीक्षण अस्पतालका चिकित्सकसँग गराएर औषधि बिक्री कक्षबाट औषधि लिंदा म्याद गुज्रेको औषधि दिइएको थियो ।
तेली पढे लेखेका भएकाले उनले औषधिको प्याकेट हेर्दा अक्टोबर २३ तारिखमा म्याद सकिएको औषधि डिसेम्बर २९ तारिखमा दिएको उनले बताए ।





