रौतहट । रौतहट बृन्दावन नगरपालिका ८ बरगजवा टोल स्थित बाटोको छेउमा रहेको परालको टाल भित्र सालको काठ लुकाई छिपाई राखेको अवस्थामा गोलिया बरामद भएको छ ।
प्रहरीका अनुसार ५ थान गोलिया लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । यस्तै बरामद काठको मूल्य एक लाख बिस हजार रहेको जनाइएको छ ।
बरामद गरिएको उक्त समान आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाउनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।




