सर्लाही । ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानालाई निरन्तर सफलता मिलेको छ । सरुवा भएर भरखरै आउनुभएका प्रहरी निरिक्षक ढुंगानाले फरार अपराधिहरु लगातार नियन्त्रणमा लिई रहनु भएको छ ।
ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख भएर आएदेखि सो क्षेत्रमा भन्सार छलीका सामानहरु नियन्त्रणको प्रयास, फरार अपराधिहरुलाई पक्राउ लगायतका कामलाई प्राथमिकता दिनुभएको छ ।
उहाँ केही दिन पहिला ईश्वरपुर नगरपालिका १२ मा शरीरमा पेट्रोल छ्यापेर आगो लगाई फरार रहेका अपराधिलाई पाँचै दिनमा पक्राउ गर्न सफल भएका थिए ।
त्यसैगरी केही दिन पहिला बाँके जंगलमा बोलेरो लुटपाटमा संग्लग्नहरुलाई नियन्त्रणको प्रयास जारी र बिहीबार ३ थान घरेलु हतियार सहित एक जनालाई पक्राउ गर्न सफल हुनु भएको छ ।
प्रहरी निरिक्षक ढुंगाना ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवास प्रमुख भएर आएपछि सो क्षेत्रका दुई नम्बरी धन्दा गर्नेहरुको निद हराम भएको छ भने अपराधिक गतिविधिहरु नियन्त्रणको राम्रो प्रयास भएको स्थानिय भद्रभलादमीहरुले बताउन थालेका छन् ।
निरन्तर गस्तीमा रहने प्रहरी निरिक्षक ढुंगानालाई भौगोलीक बनावटको राम्रो ज्ञान हुन नपाउँदै अपराधिक गतिविधि गर्नेहरुको निद हराम हुन सुरु भएको छ ।
सालीन र भद्र स्वभावका प्रहरी निरिक्षक ढुंगाना प्रहरीको काम कर्तव्य र अधिकारका साथै सामाजिक तथा मानवियता लगायतका विषयमा त्यतिकै ख्याल राख्नु हुन्छ ।
त्यस्तै, शान्ती सुव्यवस्था र सुशासन कायमा राख्न प्रहरीलाई नागरिकको सहयोग रहे समाजमा कुनै पनि गैर कानुनी तथा अपराधिक गतिविधिहरु हुन नपाउनेमा उहाँको विश्वास छ ।




