सर्लाही । जिल्ला अदालत सर्लाहीले बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
बिहिबार न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
बम्जनविरुद्ध आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बालयौन शोषण गरेको आरोपमा २०७५ सालमा उजुरी परेको थियो ।
२०७६ माघमा सर्लाही प्रहरीले बम्जनविरुद्ध बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर अनुसन्धान थालेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंबाट पक्राउ गरेर सर्लाही पठाएको थियो ।




