सर्लाही । सर्लाहीको बरहथवा नगरपालीका १३ का वडा अध्यक्ष जय नारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडा अध्यक्ष यादवले चलाएको भारतिय नम्बर प्लेटको मोटरसाईकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो ।
त्यस लगतै फरार भएका वडा अध्यक्ष यादव बिहीबार पक्राउ परेका ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
बरथवा नगरपालिका ३ अन्तरगतको भित्रि सडकखण्डमा वडा अध्यक्ष यादवले चलाएको भारतिय मोटरसाईकलले स्थानिय अन्दाजी वर्ष ४ का आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक भाटले बताउनुभयो ।
पक्राउ परेका वडा अध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।




