सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका ५ मुसहरि टोल बस्ने ३५ वर्षीया सोनिला देवी सदाको आगोले जलेर शनिबार बिहान मृत्यु भएको छ ।
आफ्नै घर अगाडि बालेको घुर ताप्ने क्रममा लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।




