काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा संखुवासभा चिचिला गाउँपालिका २ स्थाई घर भएका ३२ वर्षीय केशरमान राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दुख हैरानी तथा मानसिक आघात पुर्याएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा राई संलग्न भएको पाइएपछि उनलाई उक्त व्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोग संखुवासभाबाट पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।




