काठमाडौं । धादिङको खनियाबास गाउँपालिका ५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना भएको हो ।
ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका ५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका ५ मा दुर्घटना भएको हो ।
ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।




