काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन पब्लिक युथ क्याम्पसको आयोजनामा बैंकिङ, सेयर बजार र SEO सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा सहभागिहरुको उल्लेख्य उपस्थिती रहेको थियो । पब्लिक युथ क्याम्पस धोविचौरमा बैंकिङ, सेयर बजार र SEO सम्बन्धी सचेतना तथा तालिम सञ्चालन भएको हो ।

कार्यक्रम पौष २३ गतेदेखि माघ २ गतेसम्म हरेक विहान ७ बजेदेखि ८ बजेसम्म भएको थियो । तालिम कार्यक्रममा नेपालको बैंकिङ क्षेत्रका साथै शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरु तथा प्राविधिक विश्लेषण बारेमा तालिम प्रदान गरिएको थियो । साथै सहभागीहरुलाई एसइओ सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो ।

सेयर बजार सम्बन्धी तालिम छोटेलाल रौनियार, रोहन कार्की, अतित श्रेष्ठ र सुवासजीले दिनुभएको थियो । यस्तै बैंकिङको क्षेत्रबाट तिर्थराज शर्मा र राजेन्द्र विक्रम थापाले महत्वपूर्ण जानकारीहरु दिनुभएको थियो । कार्यक्रमको एंकरिङ कान्तिपुरका डिपी उपाध्यायले गर्नुभएको थियो भने विमाको तर्फबाट रोजन श्रेष्ठले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । साथै एसइओका विषयमा प्रकाश खट्टिवडाले प्रशिक्षण दिनुभएको थियो ।




