काठमाडौं । नयाँ बानेश्वर हाइवेमै सडक भासिएर यात्रुबाहक बस फसेको छ । बानेश्वर चोकनजिकै एभरेष्ट बैंक अगाडिको सडकमा भक्तपुरतर्फबाट आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।
मूल सडकमै गुडिरहेको उक्त बस एक्कासि सडक भासिएपछि एकातर्फको चक्का फसेर बस नै कोल्टे परेको थियो । बस फसेर कोल्टिने बित्तिकै बसमा सवार सम्पूर्ण यात्रु र चालक सकुशल निस्किन सफल भएका थिए ।




