सर्लाही । वैदेशिक रोजगारीका लागि दुबई पुगेका सर्लाहीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको लालबन्दी ५ निवासी ३६ वर्षीय सन्तोष पोखरेल रहेका छन् ।
कोभिड महामारी अघि सलार्ही सुमोको टिकट काउन्टरमा कार्यरत पोखरेल सन् २०२२ मा वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका थिए । उनको मृत्यु कसरी भयो भन्ने विषयमा अहिलेसम्म थप जानकारी प्राप्त भएको छैन ।
उनको एक श्रीमती र दुई छोरीहरु रहेका छन् । उनको एक अन्दाजी ३/४ वर्षकी र अर्की ६/७ वर्षकी छोरी रहेका छन् ।




