सर्लाही । सर्लाहीको हरिवनमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ । हरिवन नगरपालिका ६ की ७७ वर्षीया शान्तमाया विकको सोमबार दिउँसो ३ बजेतिर हरिवनस्थित ग्लोवल आईएमई बैंकमा वृद्ध भत्ता लिन गएको बेला आकस्मिकरुपमा मृत्यु भएको हो ।
वृद्ध भत्ता लिने लाइनमा बसेको बेला उनी अकस्मात रुपमा ढलेकी थिइन् । तत्कालै उनलाई नजिकै रहेको स्वाभिमान अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । उनको हृदयघातको कारण मृत्यु भएको अनुमान गरिएको छ ।




