काठमाडौं । आज देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ ।
आज देशभर ५ हजार ७६७ जना संक्रमित निको भएका छन् । देशभर ७०८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ ।




