रौतहट । रौतहटका पत्रकार फणि महत प्रेस चौतारी नेपालले स्थापना गरेको विरेन्द्र साह कृयासिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकार महत प्रगतिशिल तथा श्रमजिवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा नगद २० हजार २० रुपैया पुरस्कारसहित सम्मानित भएका हुन् ।

पत्रकार महतलाई कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नगदसहित सम्मान गरेका हुन् । रौतहटलाई कार्यक्षेत्र बनाएर २० वर्षदेखि संचार क्षेत्रमा कृयासिल पत्रकार महत रेडियो, छापा र अनलाइन संचारमाध्यमा सकृय रहेका छन् । यस्तै अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकका पत्रकार माधव नेपाललाई अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार, रुकुमपूर्वका महेश केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, रामेछापकी यसिमा महतलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार र काभ्रेकी काजल तामाङलाई सावित्रीदेवी पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्ल्भ नेपालको निर्णायक मण्डलले उक्त पुरस्कृत हुनेहरूको नामावली छनोट गरेको थियो ।




