काठमाडौं । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा विक्री वितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले स्थानिय जन प्रतिनिधिको रोहबरमा उक्त उद्योग सोमबार सिल गरेको हो ।
उद्योगमा Expire Date मेटिने स्प्रिट, Date रिलेभलिङ गर्ने मेसिन, Farm city Brand को Cornflakes, Chocos, Oats, Museli हरूमा गलत Expiry Date राखिएको र Badshah Brand को Date Expired भएका र नभएका विभिन्न मसालाहरू एकै ठाउँमा राखिएको अनुसन्धानको क्रममा पाइएको थियो ।
साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।




