काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रजापतीले ७ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




