सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले कार्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् । तलब नपाएपछि कार्यरत कर्मचारीहरुले अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट ल्याउन नसक्दा कार्यरत विभिन्न शाखाका २०० जना कर्मचारीले आर्थिक संकटमा परेको भन्दै यही माघ २८ गतेदेखि आकस्मिक काम बाहेक सम्पुर्ण शाखा, स्वास्थ्यचौकी, आर्युवेद शाखा, वडा कार्यालय सहितका शाखाहरु अनिश्चितकालका लागि बन्द गरेको घोषणापत्र संयुक्तरूपमा नगरप्रमुख विनोदकुमार साह तथा जिल्ला प्रशासन प्रमुख ९सिडियो०लाई बुझाएका छन् ।
चालु आवको सुरुवात साउन महिनादेखि नै कर्मचारीहरूले पारिश्रमिक पाएका छैनन् । हाल नगरपालिकामा १५ जना भन्दा बढी कर्मचारी अन्यत्र जिल्ला घर भई विभिन्न पदमा कार्यरत छन् । यस्तै नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन ।
त्यस्तै केहि दिनअघि नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयको शिक्षकहरूले तलब भत्ताको माग राख्दै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।




