सलार्ही । तराई मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग निमार्ण कार्य कछुवाको गतिमा अघि बढ्दा स्थानीय निराश भएका छन् । राणा कालीन समयमा सुरु भएको भएपनि हाल सम्म सहज रुपमा हिड्डुल गर्न सकिने अवस्थामा समेत पुगेको छैन ।
पूर्व झापा देखि पश्चिम कन्चनपुरसम्म निमाण गर्नुपर्ने हुलाकी सडक पूर्व–पश्चिम राजमार्ग भन्दा पहिलेको आयोजना भएपनि सम्पन्न भने हुन सकेको छैन । सामान्य वर्षामा हिल्लामे र सुख्खामा धुल्लामे सडकले गर्दा सर्लाहीवासी हैरान भएका छन् ।
सर्लाहीको शीतलपुर–मलंगवा र मलंगवा–छतौना ४०.४ किलोमिटर हुलाकी सडक निर्माण नहुँदा धुलाम्मे सडक, सामान्य वर्षामा समेत हिल्लामे बाटोमा यात्रा गर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिनदाको रहेको छ । धुलोकै कारण सडक छेउछाउका बस्तीका स्थानिय बिरामी पर्दै आएका छन् ।
सडकको धुलो घरमा आइपुग्दा बस्न नै गाह्रो भएको स्थानीय रमेश झाले बताउनु हुन्छ । सडकले सुविधा होला भन्दा सास्ती चाहिँ बढाएको उहाँको भनाइ छ ।
सरकारले पहिले तराई मधेसलाइ हेर्ने चस्मा बदल्नुपर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चैधरि बताउनु हुन्छ । यस आयोजना निमाण गर्न सरकारले आवश्यक बजेट छुट्याएर सडक निमार्णमा कार्य सम्पन्न गर्नुपर्ने उहाँको कथन छ ।
पहिले सरकारले सडक निमार्ण गने वा नगर्ने त्यो छुट्याउनु पर्ने र त्यसैको आधारमा काम गर्नुपर्ने महासचिव चौधरी बताउनु हुन्छ । यस क्षेत्रको विकासमा यस सडक निमार्णसँगै सिंगो तराई मधेसको विकासले फड्को मार्ने नागरिक समाज सर्लाहीका अगुवा रजनी कान्त झा बताउनु हुन्छ ।
यस सडक निमाणसँगै बजारको अभावमा सिमावर्ती क्षेत्रमा बसोवास गर्ने नेपालीले सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता समेत अन्त्य हुने झाको भनाई छ । सडक सुबिधा राम्रो भयो भने यसले सबै किसिमको दुरि कम गर्ने देखनु हुन्छ नागरिक समाज सर्लाहीका अगुवा रज्नी कान्त झा ।
यदि यस सडक निमाण भयो भने जुन हिसावले विभिन्न ठाँउमा सिमा मिचिएको कुरा आइरहेको छ त्यस्ता कुरा सुन्न पक्कै कम हुने उहाँको आकलन छ । हुलाकी सडक सिमा क्षेत्र नजिकै बाट जाने भएकाले सिमा मिचिने समस्या समेत कम हुने देख्नुहुन्छ झा ।
आर्थिक वर्ष २०७२/७३ मा सर्लाहीको शीतलपुरदेखि छतौनासम्म तीन खण्डमा हुलाकी सडक निर्माणको ठेक्का लागेको थियो । ठेक्का सम्झौता अनुसार २ वर्षमा नै सडक बन्नुपर्ने हो । तर, बजेट अभावका कारण समयमै निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर रमेश कुमार गोइतले बताए ।
सडकको पहिलो खण्ड १५ किलोमिटरको निर्माण जिम्मा इन्दुम–नमिता जेभीले पाएको छ । दोस्रो खण्ड १५ किलोमिटर इन्दुम–साह जेभी र तेस्रो खण्ड १०.४ किलोमिटर दिवा निर्माण सेवाले जिम्मा लिएका छन् ।
यी सबैले कुल ६४ करोड रुपैयाँमा ठेक्का लिएको हो हालसम्म माटो पुर्ने, ग्राभेल र कल्भर्ट पुलको काम मात्र भएको छ । ठेक्का लागेको २ वर्षमा निर्माण पूरा हुनुपर्ने सडक अझै बन्न सकेको छैन । संघीय सरकारले ठेक्का लगाएको सर्लाहीको हुलाकी सडक प्रदेश मातहतमा आएको छ ।
प्रदेश सरकारले सडक निर्माणका लागि बजेट नै उपलब्ध गराउन नसकेकाले गर्दा अपूरो हुलाकी सडक निर्माणको जिम्मा फेरि संघीय सरकारलाई फिर्ता पठाउने तयारीमा प्रदेश सरकार रहेको छ ।
संघीय सरकारलाई आयोजना पठाउने फाइल तयार भैरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेस प्रसाद केसरी बताउनु हुन्छ । अब फेरी संघिय सरकार मातहत आयोजना गयो भने बजेटको अभाव नहुने र सहज रुपमा बजेट प्राप्त हुदाँ सडक बन्ने प्रमुख केसरीको विश्वास छ ।
हुलाकी सडकमा ७ मिटर चौडाइ कालोपत्र गर्न प्रारम्भिक कामका लागि ठेकेदारलाई ३२ करोड रुपैयाँ भुक्तानी दिइएको छ । कालोपत्रका लागि थप करिब ३२ करोड बजेट चाहिने सडक डिभिजनले जनाएको छ ।




