काठमाडौं । बालाजु बसपार्कस्थित रक डान्सबारका सञ्चालक आइतबार पक्राउ परेका छन् । काभ्रेको चौँरीदेउराली गाउँपालिका ९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मेलुङ गाउँपालिका ४ का २९ वर्षकै मधुकर गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रात्रिकालीन समयमा अनलाइन फुड डेलिभरी गर्ने युवकलाई धाकधम्की दिएर लुटपाट गरेको उनीहरू माथि आरोप छ । सो उजुरीपछि काठमाडौं प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




