काठमाडौं । सिंहदरबार अगाडिको कार्यालयमा कार्यरत अधिकृत घुस्याहा ठहर भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका हुन् ।
विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका थिए ।
उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरी लामा पनि दोषी ठहर भएका छन् । मन्त्रालयले मनिताको खास मानिएका किशोर केसी, सुमन धिताल लगायतका कर्मचारीले विगत लामो समयदेखि यो विभाग छाडेर अन्यन्त्र जानु परेको छैन । किशोर १० वर्षभन्दा लामो समयदेखि त्यहीं छन् ।




