काठमाडौं । मुक्तककार बद्री उप्रेतीको मुक्तक संग्रह ‘चिराइतो’ र नवराज पोखरेल नवशिलाको मुक्तक संंग्रह ‘नवशिला’को एकै साथ लोकार्पण गरिएको छ । दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाडौं स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमा कृतिहरुको विमोचन गरिएको हो ।
कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’लाई नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी, मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधि दाहाल, लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, वरिष्ठ साहित्यकार तथा पत्रकार वियोगी बुढाथोकी, हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपाल, साहित्यकारहरु सारदा आचार्य गौत्तम, गंगा आचार्य सेढाईं, प्रा.डा. गोविन्द सिंह कार्कीं, नारी श्रष्टा समाजकी अध्यक्ष ममता मृदुल लगायतले संयुक्त रुपमा लोकार्पण गरिन ।
कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट रहेको थियो । यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई विभिन्न माध्यमबाट बाहिर ल्याइसकेका मुक्तककार बद्री उप्रेतीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरेका थिए ।
त्यस्तै मोरङका साहित्यकार तथा मुक्तककार नवराज पोखरेलको नवशिला कृतिका बारेमा साहित्यकारहरुले उर्जाशिल र मुक्तकका रुपमा रहेका र्सिजनशिल सष्ट्रा नवशिला रहेको उपस्थित सष्ट्राले बताएका थिए ।




