काठमाडौं । सरकारले अब ३२ वर्षसम्मका पुरुषले मात्रै लोकसेवा भिड्न पाउने व्यवस्था गर्ने भएको छ । संसदमा दर्ता भएको निजामती विधेयकमा अहिले ३५ वर्ष कायम रहेकोमा ३ वर्ष घटाइएको हो ।
प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा महिला उम्मेदवारको हकमा समेत ३७ वर्ष सम्मकाले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । राजपत्र अनंकित र श्रेणीविहीन पदमा १८ वर्ष उमेर पूरा भएका, राजपत्रांकित पदमा २१ वर्ष उमेर पूरा भएकाले प्रतिस्पर्धा गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ ।
निजामती ऐन २०४९ मा पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा भइसकेका उम्मेदवार हुन पाउने व्यवस्था छ । संसदमा दर्ता भएको विधेयक पारित भएसँगै लागू हुनेछ ।




