काठमाडौं । सरकारी कागज किर्ते आरोपमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत ३ जनामाथि विरुद्ध बिहिबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको छ ।
वीरगंजका मेयरविरुद्ध सरकारी कागज किर्ते गरेको आरोपमा उजुरी परेको हो । स्थानीय लियाकत अलीले मेयर सिंह, रुबिना श्रेष्ठ, रिता भट्टराई र भिखारी रायविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
मेयर सिंहले हुँदै न भएको छोरीलाई नागरिकता दिलाएको आरोप लागेको छ । नागरिकताका लागि पेश गरिने जन्मदर्ता लगायतका कागजात किर्ते गरिएको जाहेरीमा उल्लेख छ ।




