बारा । जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक स्थलमा डिजेको प्रयोग गरी चर्को ध्वनीमा गीत संगीत नबजाउन आग्रह गरेको छ । ध्वनी प्रदुषणले सामाजिक वातावरण र मानव स्वास्थ्यमा असर परेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै डिजेको प्रयोग नगर्न अनुरोध गरेको हो ।
प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेद्धारा जारी प्रेस विज्ञप्तिमा डिजेको बढ्दो प्रयोगका कारण समस्या उत्पन्न भइरहेको भन्दै अब उप्रान्त डिजेको प्रयोग नगर्न र गरेमा कानुन बमोजिम कारवाही हुने उल्लेख गरिएको छ ।
यस्तै चर्को स्वरमा डिजे साउण्ड बजाएर समाजमा प्रतिकुल असर पार्ने कार्य गरेमा प्रचलित कानून वमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ’ प्रवक्ता न्यौपानेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ सूचना





