धनुषा । नगराइन नगरपालिका ७ विर्ता बस्ने सत्य नारायण मुखियाको छोरा १८ महिनाको पारस मुखियाको आफ्नै घरको बराण्डामा पानी भरेर राखेको बाल्टीनमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
प्रहरीका अनुसार खेल्ने क्रममा बाल्टीनमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




