रौतहट । आदिवासी जनजाति युवा महासंघ नेपालको प्रथम रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको छ । भेलाले सेराप सिंह गोलेको अध्यक्षमा ११ सदसीय नयाँ जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुरज राई, कविता ठाडा मगर, सचिवमा लिला सिजाली मगर रहेका छन् ।
हातेमालो सामुदायिक वनको सभाहलमा सम्पन्न भेलाले कोषाध्यक्षमा मिथुन चौधरी, सहसचिवमा छविलाल पहरी र अर्जुन चौधरी एवम् सदस्यमा सुमन राई, आशिष लामा लगायत रहेका छन् ।
अध्यक्षमा चयन भएपछि सेराप सिंह गोलेले राज्यले र विभिन्न सम्प्रदायले आदिवासी जनजातिका हक अधिकार कुण्डित गर्ने काम गरेकाले त्यसका विरुद्ध संस्थालाई चलायमान बनाउने बताए ।
उनले आदिवासी जनजातिका भाषा, कला, भेषभुषा, संस्कार र संस्कृति लोप हुँदै जान थालेकाले त्यसको विकास र समृद्धिका लागि पहल गर्ने बताए ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाति युवा महासंघ नेपालका केन्द्रीय सचिव संजिव लामा मोक्तानले सबैलाई एकीकृत भएर अगाडि बढ्न सुझाव दिए ।
उनले नयाँ कार्य समितिलाई सफल कार्यकालको बधाई तथा शुभकामना समेत दिए । भेला आदिवासी जनजाति महासंघका अध्यक्ष नरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




