काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनु पर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो ।
न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
प्रसाईले बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय लयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए ।
प्रसाईंले आशय पत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी लगायतविरुद्ध २०७७ असार २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।




