काठमाडौं । प्रदेश २ मा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमित हुनेको संख्या ३२ हजार ९ सय ९३ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १८ महिला र २ सय ४२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज धनुषामा १ सय ८३, महोत्तरीमा ५७, सिरहामा ५७, सप्तरीमा १८, पर्सामा १०, बारामा ७, सर्लाहीमा ६ र अन्य प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ मा हाल १० हजार ७७ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये ५ सय ५ जना विभिन्न अस्पतालहरुमा रहेका छन् भने बाँकी होम ओइसोलेशनमा रहेका छन् । कोरोना संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय ६५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २२ हजार २ सय १५ पुगेको छ । मंगलबार बारामा ३ सय ३१, सप्तरीमा २ सय २, सिरहामा ८२, पर्सामा ३० र रौतहटमा २० जना कोरोना संक्रमित निको भएका छन् ।




