जनकपुरधाम । चार्जमा राखिएको इलेक्ट्रिक रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेर जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी रहेकी धनुषा प्रहरीले जनाएको छ ।
मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएपछि उनलाई उपचारका लागि न्यूरो हस्पिटल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




