वीरगंज । आज चैत १५ गते बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्साका २६ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ ९ हजार ५२५, प्राविधिकतर्फ १८५, ग्रेडवृद्धितर्फ ५४३ गरी कुल १० हजार २५३ जना परीक्षार्थी सहभागी भएका छन् ।
शिक्षा विकास समन्वय एकाइ कार्यालय, पर्साका अनुसार पर्साका वीरगंज महानगरपालिकामा १२ वटा केन्द्र र १३ वटा पालिकामा १४ वटा परीक्षा केन्द्रबाट परिक्षा संचालन भइरहेको छ ।




