सिराहा । यस वर्षको माध्यमिक परीक्षा एसईई अन्तर्गत दोस्रो दिन सिरहामा नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेटमै प्रश्नपत्र छ्याछ्यापती बजारमा भेटिएको हो ।
चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर प्रश्नपत्र लिक भएको प्रहरीले जनाएको छ ।
परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू नै सक्रिय देखिएको थियो । उनीहरूको हात हातमा नेपाली विषयको प्रश्न पत्र पुगेको थियो ।




