काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरवाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टर अन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ ।
पब्लिक इकोनोमिक विषयको प्रश्नपत्रमा एउटै प्रश्न ८ र ९ नम्बरमा सोधिएको छ । गत वर्ष भएको परीक्षामा पनि यही विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु सोधिएको थियो ।




