रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका ९ खाँप ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा इलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा विभिन्न किसिमका लत्ता कपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरू सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ ।
बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।




