सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलब भत्ता बुझने गरको पाइएको छ । गाँउपालिकामा कार्यरत दुई कर्मचारीले काम नगरि तलब भत्ता बुझ्ने गरेको पाइएको हो ।
प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादव र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादवले घरै बसी बसी तलब भत्ता बुझने गरेको पाइएको हो ।
राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलब भत्ता बुझ्ने गरेको त्यहि कार्यरत कर्मचारीले बताउँछन् । उनीहरुले कार्यालय प्रमुख र गाँउपालिका अध्यक्षलाई राजनीतिक दवावमा पारेर निर्वाधरुपमा तलब भत्ता लिने गरेका छन् ।




