ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरको महालक्ष्मी ९ स्थित देउरालि रिसोर्टमा गत १० र ११ गते सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्लाका अध्यक्ष देविप्रसाद दुलालको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा राष्ट्रिय अध्यक्ष विष्णु प्रसाद भण्डारी प्रमुख अतिथिका रुपमा थिए भने पूर्व अध्यक्ष तथा नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार बाबुराम थापा रहेका थिए ।
अचम्म त के थियो भने नेकपा एमाले सम्बद्ध शिक्षकहरुको जिल्लास्तरीय तथा विभिन्न ब्यक्तिहरुको आतिथ्यमा सम्पन्न भएको शैक्षिक सुदृढीकरण कार्यक्रममा रक्सिका बोतलहरुले समेत सुदृढीकरणका मज्जा लिईरहेको भिडियो सार्वजनिक भएको छ ।
देशको भविष्य उत्पादन गरिने शैक्षिक केन्द्रका प्रमुख शिक्षकहरूले विद्यार्थीहरुलाई असल शिक्षा दिनुपर्नेमा शिक्षकहरु नै जाँड, रक्सी र मादकपदार्थ खाएर माया पिरतिका गीतमा डुबेको देखिन्छ ।
यसरी शैक्षिक सुदृढीकरण कार्यक्रम र सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कसरी सुधारिन्छ ? भन्ने गम्भीर प्रश्न सिर्जना गरेको छ । आयोजित कार्यक्रम शिक्षकहरुमा क्षमता वृद्धि र शिक्षामा सुदृढीकरणको लागि भनिए तापनि मादक पदार्थ सेवन गरेर रमाइ रहेको देख्न सकिन्छ ।
साँझको रक्सी पार्टीमा वियरका बोतल र वियर भरिएका कप स्पष्ट देख्न सकिन्छ । नाचगानका गीत उस्तै माया पिरति, उच्छृंखल खालको रहेको प्राप्त भिडियोबाट बुझिन्छ । यस तथ्यबाट कतिपय शिक्षक, शिक्षिकाहरू अनैतिक काम, कर्ममा फसेको स्पष्ट बुझ्न सकिन्छ ।




