रौतहट । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन् । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिव १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिबार फासो लगाइ आत्महत्या गरेकी हुन् ।
यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको छोरी करिव १६ वर्षिय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन् । पछिल्लो समय रौतहटमा आत्महत्या गर्नेको संख्या बढेको छ ।




