रौतहट । रौतहटमा सोमबार दिउँसो बाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ स्थीत मलेनियामाइ सामुदायिक वन उपभोक्ता समुहका वन हेरालु गंगा बाघको आक्रमणबाट घाइते भएका हुन् ।
सामुदायिक वन क्षेत्रको अवस्था बुझन गएका गंगालाई जंगलमै बाघले आक्रमण गरेको थियो । उनको थप उपचारका लागि वीरगंज स्थीत नारायणी उपक्षेत्रिय अस्पतालमा पठाइएको चन्द्रपुर नगरपालिका वडा नं. २ का अध्यक्ष दुत्त बहादुर थिङ (बुद्ध) ले जानकारी दिए ।
अध्यक्ष थिङले सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै गंगाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।




