धनुषा । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दा बीच झडप भएको छ । युवा युवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूह बीच विवाद उत्पन्न भएको थियो ।
एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।




