वीरगंज । वीरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको वीरगंजको ऐतिहासिक लाल बग्ला नामले चिनिने घर आज वीरगंज महानगरपालिकाले भत्काएको छ ।
नेपालको प्रथम रेल चल्ने उक्त ठाउँलाई रेल्वे स्टेसनका रुपमा विकास गरिएको थियो । एउटा ऐतिहासिक धरोहर बोकेको ठाउँलाई यसरी महानगरपालिकाले डोजर लगाएर भत्काएको हो ।
स्थानीय बासिन्दालाई यस विषयमा सोध्दा उनीहरुले आफ्नो बाल्यकाल यसै ठाउँमा बितेको र यसै ठाउँमा आफूहरु हुर्केको ठाउँलाई वीरगंज महानगरपालिकाले तहस नहस गरेकोले धेरै दुःख लागेको बताएका छन् ।
लाल बग्ला एउटा छुट्टै इतिहास बोकेको लाल बग्ला हो । नेपाल भरि एउटा चिन्ने स्थलको रुपमा मानिन्छ । यो लाल बग्ला भनेको नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पर्यटकिय स्थलको रुपमा लिइन्छ ।
वीरगंज महानगरपालिकाले विकासको नाममा यस्ता ऐतिहासिक ठाँउहरुलाई मासेर कस्तो विकास गरिरहेको छ भन्दै स्थानियहरुले गुनासो गरेका छन् ।




