एजेन्सी । भारतको बुलन्द शहरबाट एउटा अनौठो घटना बाहिर आएको छ । जहाँ बुहारीले सासुको मायामा श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न चाहन्छिन् । बुहारीलाई पहिलो नजरमै सासुको माया लाग्यो । यति मात्र होइन, बुहारी सासुको मायामा यति पागल भइन् कि श्रीमानसँग बस्न पनि चाहँदिनन् ।
अचम्मको कुरा के छ भने बुहारी सासुसँग सम्बन्ध राख्न चाहन्छिन् । बुहारीबाट हैरान भएकी सासुले प्रशासनसँग सहयोगको अपिल गरेकी छन् । प्राप्त जानकारीका अनुसार बुलन्दशहरको एउटा गाउँकी एक महिलाले अधिकारीहरूलाई अपील गरेकी छिन् कि उनकी बुहारी उनीसँग सम्बन्ध राख्न चाहन्छिन् ।
बुहारीले विरोध गरे आत्महत्या गर्ने र घरमा कलह गर्ने धम्की दिन्छिन् । बुहारीले श्रीमानसँग बस्न नचाहेको महिला बताउँछिन् । महिला भन्छिन्, बुहारीले तिमी मेरो मात्रै हौं, अब मसँग सारा जीवन बिताउ भन्छिन् ।
२ वर्षअघि भएको थियो विवाह
छोराको २ वर्षअघि बिहे भएको सासुले बताइन् । बुहारी घरमा आएपछि बुहारीले सासुसँग सम्बन्ध राख्न दबाब दिन थालिन् । महिलाले आफ्नी बुहारी आफूसँग समलिङ्गी सम्बन्ध राख्न चाहेको बताइन् ।
बुहारीलाई आरोप लगाउँदै महिलाले आफूसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्ने प्रयास पनि गरेको बताइन् । बुहारीले तिमीलाई एनेस्थेसिया दिएर सबै गर्छु भनी धम्की दिएको महिलाले आरोप लगाइन्, त्यस्तै तिमीले समाजमा अनुहार देखाउन पाउने छैनौ भन्दै धम्की पनि दिने गरेको सासु बताउँछिन् ।
श्रीमानसँग बस्न मन लाग्दैन
बुहारीलाई छोरासँग बस्न मन नलागेको सासु बताउँछिन् । उनले भनिन् कि बुहारीले मलाई तिम्रो छोरामा चासो छैन र आफूले बुहारीलाई आफ्नो जीवन केहि दिनका लागि मात्रै भएको बताएपछि बुहारीले तिमीसँगै ज्यान त्याग्छु भन्ने गरेको बताउँछिन् ।
बुहारीका परिवारले २० लाख रुपैयाँ मागे
महिलाले बुहारीको परिवारले २० लाख रुपैयाँ मागेको आरोप समेत लगाएकी छन् । महिलाले भनिन्, ‘हामी सासु र बुहारी हौं । तर उनी भन्छिन् कि हामीले त्यसलाई माया गर्नुपर्छ । महिलाले अस्वीकार गर्दा अरु केटीको उदाहरण पनि दिएको बताइन् । ती महिलाले यस विषयमा सम्बन्धित निकायमा उजुरी गरेकी छिन् ।






