बारा । बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पीडकका आफन्तसँग १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका २३ बैराठपुरका २५ वर्षीय सहदेव पटेल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।
अपहरण र बलात्कार आरोपमा पुर्पक्षमा वीरगञ्ज कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनले १० लाख ठगी गरेको आरोप छ ।
त्यसैगरी बलात्कार केशमा पुर्पक्षमा थुनामा रहेका अर्का व्यक्तिलाई छुटाइदिने भन्दै उनले ७ लाख लिएर ठगी गरेको खुलेको बारा प्रहरीले जनाएको छ ।




