बुटबल । आफ्नै पत्नीको योजनामा नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेको ज्यान गएको तथ्य सार्वजनिक भएको छ । नेता पाण्डेकी पत्नी महिमा पाण्डे र उनीसँग अनैतिक सम्बन्ध कायम रहेका कपिलवस्तु नगरपालिका-१ का ३३ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादवको योजनामा नेता पाण्डेको ज्यान लिइएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
विगत २/३ वर्ष देखि पति दिपक पाण्डेयलाई ज्यान लिने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामा गत जेठ ५ गते कपिलवस्तु नगरपालिका-६ गोबरी सडक खण्डमा नेता पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।
पत्नी महिमा र ओम प्रकाश दुवै जना मिलेर दिपकको ज्यान लिनका लागि कपिलवस्तु नगरपालिका-२ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरी उनीहरुबाट ज्यान लिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।






